प्रदेश खबरराष्ट्रियसमाचार

ईद-उल-अजहाको अवसरमा मन्त्री महमद समीरद्वारा शुभकामना, धार्मिक सद्भाव र एकताको सन्देश

धिरेन्द्र तिवारी 

जेष्ठ १३ कलैया / – पवित्र मुस्लिम पर्व ईद-उल-अजहा (बकर ईद) को अवसरमा मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य मा. महमद समीरले सम्पूर्ण नेपाली मुस्लिम समुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

मन्त्री समीरले आफ्नो फेसबुकबाट शुभकामना सन्देश जारी गर्दै नेपाल धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधताले भरिपूर्ण देश भएको उल्लेख गर्दै यस्ता पर्वहरूले आपसी प्रेम, सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नु भएको हो। उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूको सुख, शान्ति  समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै ईद-उल-अजहाले त्याग, बलिदान, मानवता र सामाजिक एकताको सन्देश फैलाउने बताउनु भयो।

मन्त्री समीरद्वारा सार्वजनिक गरिएको शुभकामना ब्यानरमा “सम्पूर्ण नेपाली मुस्लिम समुदाय तथा यहाँहरूलाई पनि ईद-उल-अजहा (बकर ईद) को हार्दिक मंगलमय शुभकामना” उल्लेख गरिएको छ। ब्यानरमा उहाँलाई मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री, नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा मधेस प्रदेश संसदीय दलका उपनेताको रूपमा परिचित रहेका नेता हुन।

पछिल्लो समय जनतामाझ लोकप्रिय नेताका रूपमा परिचित हुँदै जानु भएका मन्त्री समीरले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै समुदायबीच आपसी सम्मान आवश्यक रहेको धारणा राख्नु भएको छ। उहाँले पर्वहरूलाई केवल धार्मिक आस्थासँग मात्र नभई सामाजिक एकता र मानवीय सम्बन्ध मजबुत बनाउने अवसरको रूपमा लिनुपर्नेमा जोड दिनु भयो।

ईद-उल-अजहा मुस्लिम समुदायको अत्यन्त महत्वपूर्ण धार्मिक पर्व हो । यो पर्व हजरत इब्राहिमको त्याग र बलिदानको स्मरणमा मनाइने गरिन्छ । नेपालसहित विश्वभरका मुस्लिम समुदायले नमाज अदा गर्दै, शुभकामना आदानप्रदान तथा सामाजिक सेवाका गतिविधिमार्फत यो पर्व उल्लासपूर्वक भोलि बिहीबार देखि ३ दिन सम्म  मनाइने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button