प्रदेश खबरराष्ट्रियसमाचार

जनताको अनुभूति हुनेगरी विकास गर्न मन्त्री समीरको कडा निर्देशन “काममा ढिलाइ होइन, परिणाम चाहिन्छ” — मन्त्री महमम्द समीर

जेष्ठ – १४

जनकपुरधम –  मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय महमम्द समीरले प्रदेशका आठवटै जिल्लाका पूर्वाधार विकास कार्यालय प्रमुखहरूसँग उच्चस्तरीय समीक्षा तथा विशेष छलफल गर्दै विकास निर्माणका कामलाई तीव्र, पारदर्शीत र जनमुखी बनाउन कडा निर्देशन दिनुभएको छ।

बुधबार मन्त्रालयमा सम्पन्न बैठकमा मन्त्री समीरले आर्थिक वर्ष ०८२/०८३ अन्तर्गत सञ्चालित योजनाहरूलाई निर्धारित समयभित्रै गुणस्तरीय ढंगले सम्पन्न गर्न निर्देशन दिँदै अब जनताले प्रत्यक्ष रूपमा सुशासन र विकासको अनुभूति गर्ने गरी काम गर्नुपर्ने निर्देशन दिनु भएकोछ ।

उहाँले विगतमा देखिएका ढिलासुस्ती, कमजोर अनुगमन तथा निर्माण कार्यमा हुने लापरवाही प्रति असन्तुष्टि व्यक्त गर्दै अब परिणाममुखी कार्यशैली अपनाउन सबै कार्यालय प्रमुखहरूलाई सचेत गराउनुभयो। “सरकारप्रति जनताको विश्वास विकासको गति र कामको गुणस्तरले तय गर्छ, त्यसैले कुनै पनि योजना अलपत्र पर्ने अवस्था आउनु हुँदैन,” मन्त्री समीरले भन्नुभयो।

बैठकमा आगामी आर्थिक वर्ष  ०८३/०८४ को योजनाबारे समेत विस्तृत छलफल भएको थियो। मन्त्री समीरले योजना छनोट गर्दा पहुँच र प्रभावका आधारमा होइन, जनताको वास्तविक आवश्यकता र क्षेत्रगत प्राथमिकतालाई केन्द्रित भएर  राख्न निर्देशन दिनुभयो। उहाँले सडक, पुल, भवन लगायतका पूर्वाधार योजनालाई दिगो, सुरक्षित र उपयोगी बनाउने गरी कार्ययोजना तयार गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी उहाँले निर्माण व्यवसायी, प्राविधिक कर्मचारी र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुन नसक्दा कतिपय योजना प्रभावित हुने गरेको उल्लेख गर्दै अब नियमित अनुगमन, जवाफदेहिता र पारदर्शितालाई अनिवार्य बनाइने स्पष्ट पार्नुभयो। मन्त्री समीरले अधुरा तथा वर्षौंदेखि रोकिएका योजनाहरूलाई प्राथमिकताका साथ सम्पन्न गर्न निर्देशन दिँदै मधेश प्रदेशलाई पूर्वाधार विकासको हिसाबले उदाहरणीय प्रदेश बनाउने लक्ष्यसहित मन्त्रालय अघि बढिरहेको बताउनुभयो।

बैठकमा सहभागी आठवटै जिल्लाका कार्यालय प्रमुखहरूले आ–आफ्नो जिल्लामा सञ्चालित योजनाको अवस्था,र चुनौती तथा आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए। मन्त्री समीरले जनताको अपेक्षा अनुसारको सेवा र विकास दिन कर्मचारी संयन्त्र अझ जिम्मेवार बन्नुपर्नेमा धारणा राख्नुभयो थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button