राष्ट्रियसमाचारस्थानीय

उपरीक्षक नरेन्द्र कुँवरले प्रहरी कर्मचारीलाई टीका लगाएर दिए  शुभकामना।

बारा । विजयादशमी पर्वको शुभ अवसरमा जिल्ला प्रहरी कार्यालय बाराका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले प्रहरी कर्मचारीहरूलाई टीका लगाएर शुभकामना आदानप्रदान गर्नुभएको छ।

मिति २०८३ कात्तिक ४ गते विजयादशमीको अवसरमा जिल्ला प्रहरी कार्यालय बारामा आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक कुँवरले कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई टीका लगाई दसैँको शुभकामना व्यक्त गर्नुभएको हो।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक मिनबहादुर घले, प्रहरी निरीक्षक राजाबाबु ठाकुर, प्रहरी निरीक्षक विमल खतिवडासहित जिल्ला प्रहरी कार्यालय बाराका विभिन्न शाखामा कार्यरत प्रहरी कर्मचारीहरूकोमिति २०८३/०७/०४ गते बिजयादशमीकों शुभ उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय बाराका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरज्यूद्वारा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई टीका लगाई शुभकामना समेत आदान प्रदान गर्नुभएको । उपस्थिति रहेको थियो।

विजयादशमीको अवसरमा आयोजित टीका तथा शुभकामना आदानप्रदान कार्यक्रमले प्रहरी कर्मचारीहरूबीच आपसी सद्भाव, भाइचारा, एकता र आत्मीयता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। चाडपर्वका समयमा समेत शान्ति सुरक्षा कायम गर्न जिम्मेवारीमा खटिने प्रहरी कर्मचारीहरूबीच पारिवारिक वातावरण सिर्जना गर्नुका साथै आपसी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्रहरी उपरीक्षक कुँवरले सम्पूर्ण प्रहरी कर्मचारीहरूको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै विजयादशमीको शुभकामना व्यक्त गर्नुभएको थियो।

विजयादशमीले आपसी सद्भाव, सहकार्य र एकताको भावना बलियो बनाउने विश्वासका साथ जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी कर्मचारीहरूले एकअर्कालाई टीका लगाएर पर्वको खुसी साटासाट गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button