राष्ट्रियसमाचारस्थानीय

च्यातिएको राष्ट्रिय झण्डा फेर्दै GenZ & Youth of Bara, अध्यक्ष सौरभ पाण्डेयको नेतृत्वमा नयाँ झण्डा स्थापना

बारा । कलैया उपमहानगरपालिका–१० मटिअर्वास्थित नेपाल–भारत सीमा नाकानजिक रहेको नेपालको राष्ट्रिय झण्डा GenZ & Youth of Bara का अध्यक्ष सौरभ पाण्डेयको नेतृत्वमा नयाँ झण्डाले प्रतिस्थापन गरिएको छ।

दसैँ–तिहारजस्ता महत्वपूर्ण चाडपर्वको समयमा समेत सीमा नाकामा फोहोर तथा च्यातिएको अवस्थामा रहेको राष्ट्रिय झण्डा देखिएपछि GenZ & Youth of Bara का अध्यक्ष पाण्डेयसहितको टोलीले आज नयाँ झण्डा फहराएको हो।

राष्ट्रिय पहिचान, स्वाभिमान र देशभक्तिको प्रतीकका रूपमा रहेको राष्ट्रिय झण्डा लामो समयसम्म च्यातिएको तथा जीर्ण अवस्थामा रहँदा पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको अवस्थामा युवाहरूले आफ्नै पहलमा झण्डा परिवर्तन गरेका हुन्।

अध्यक्ष पाण्डेयको नेतृत्वमा गरिएको यस कार्यले राष्ट्रिय झण्डाको सम्मान र संरक्षणप्रति युवाहरूको जिम्मेवारीबोधलाई उजागर गरेको छ। विशेषगरी नेपाल–भारत सीमा नाकाजस्तो संवेदनशील तथा महत्वपूर्ण स्थानमा राष्ट्रिय झण्डाको उचित संरक्षण र नियमित हेरचाह आवश्यक रहेको देखिन्छ।

राष्ट्रिय झण्डा केवल कपडाको टुक्रा नभई देशको सार्वभौमिकता, राष्ट्रिय एकता र नेपालीको स्वाभिमानको प्रतीक हो। त्यसैले सीमा नाकासहित सार्वजनिक स्थानमा राखिएका राष्ट्रिय झण्डाको नियमित अनुगमन, सरसफाइ तथा आवश्यकताअनुसार परिवर्तन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ।

GenZ & Youth of Bara को यस पहलले राष्ट्रिय सम्पदाको सम्मान र संरक्षणमा युवाहरूले पनि सक्रिय भूमिका निर्वाह गर्न सक्छन् भन्ने सन्देश दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button