राष्ट्रियसमाचारस्थानीय

बाराको जितपुर नहरमा ५६ वर्षीय हरिनारायण सहनी मृत भेटिए

​बारा, ४ कात्तिक ।बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुरस्थित ब्रह्मबाबा चौर नजिकैको नहरमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

​स्थानीय ५६ वर्षीय हरिनारायण सहनी ३ कात्तिकको राति मृत भेटिएका हुन् । मंगलबार (४ कात्तिक) बिहान करिब ६:०० बजे उनका छोरा राम विनय सहनीले नहरमा शव देखेपछि बाहर निकालेर डिलमा राखेका थिए । तत्पश्चात उनले बिहान ६:२० बजे इलाका प्रहरी कार्यालय जितपुरलाई खबर गरेका थिए ।

​घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक (प्रबनानि) उमेश निरौलाको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थल पुगी क्षेत्रलाई सुरक्षित बनाएको थियो ।

​त्यसैगरी, मुचुल्का तथा प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (प्रनाउ) दयाकृष्ण भट्टको कमाण्डमा ‘सोको’ (SOCO) सहितको थप ५ जनाको टोली घटनास्थल खटिएको थियो ।

​प्रारम्भिक अनुसन्धान पश्चात् बिहान ८:१५ बजे शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको थियो । पोष्टमार्टम सकिएपछि बिहान ११:२५ बजे मृतकका छोरा विनय सहनीले शव बुझेर लगेको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button