राष्ट्रियसमाचारस्थानीय

बरेवाको २०६ वर्ष पुरानो दुर्गा मन्दिर पुनर्निर्माणका लागि ५० लाख बजेट विनियोजन, निवर्तमान मन्त्री समिर सम्मानित

बारा । मधेस प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री महम्मद समिरलाई कलैया उपमहानगरपालिका–५ बरेवास्थित श्री दुर्गा पूजा समितिले सम्मान गरेको छ। बुधबार आयोजित कार्यक्रममा पूजा समितिका अध्यक्ष मोतिलाल जैसवालले मन्त्री समिरलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्।


कलैया उपमहानगरपालिका–५ बरेवामा रहेको २०६ वर्ष पुरानो दुर्गा मन्दिर जीर्ण अवस्थामा रहेकोे छ । उक्त दुर्गा मन्दिरको  पुनर्निर्माणका लागि निवर्तमान निवर्तमान भौतिक पुर्वधार विकास मन्त्री  महम्मद समिरले बजेट विनियोजन  गर्नु भएकोमा वडा र स्थानीयवासीका तर्फबाट उहाँलाई सम्मान गरिएको हो। उक्त ऐतिहासिक दुर्गा मन्दिरको पुनर्निर्माणका लागि मन्त्री समिरले डेढ करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ। साथै, आर्थिक वर्ष २०८३/०८४ मा मन्दिर निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गर्नु भएकोमा पूजा समितिले उहाँप्रति आभार व्यक्त गरेको छ।


त्यसतै मन्दिरको संरक्षण तथा पुनर्निर्माणका लागि बजेट विनियोजन गर्नु भएकोमा कलैया उपमहानगरपालिका–५ का वडा अध्यक्ष रामकिशुन यादव र पूजा समितिका अध्यक्ष जैसवालले वडावासीका तर्फबाट मन्त्री समिरलाई धन्यवादसमेत व्यक्त गरेका छन्। दुई सय वर्षभन्दा पुरानो ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दुर्गा मन्दिरको पुनर्निर्माणले स्थानीय धार्मिक सम्पदाको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सुरेश मोदकलगायत वडाका समाजसेवी, बुद्धिजीवी तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button