प्रदेश खबरराष्ट्रियसमाचार

भौतिक पूर्वाधार विकास मन्त्री समीरद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

जेष्ठ – १५ 

कलैया – मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य माननीय महमम्द समीरले २०८३ सालको गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

गणतन्त्र दिवसको अवसरमा  शुभकामना व्यक्त गर्दै  मन्त्री समीरले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै यस व्यवस्थाले देशमा समावेशिता, समानता र लोकतान्त्रिक अधिकार सुनिश्चित गरेको बताउनुभयो ।

उहाँले गणतन्त्र केवल शासन व्यवस्था परिवर्तन मात्र नभई जनताको अधिकार, विकास र समृद्धिको आधार भएको उल्लेख गर्दै अबको आवश्यकता सुशासन, विकास निर्माण र जनताको जीवनस्तर सुधारमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो। उहाँले “समृद्ध मधेस, समृद्ध नेपाल” को लक्ष्य हासिल गर्न सबै राजनीतिक दल, नागरिक समाज तथा आम जनताको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

गणतन्त्र दिवस प्रत्येक वर्ष जेठ १५ गते मनाइँदै आइएको छ।नेपालको इतिहासमा राजतन्त्र अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनको सम्झनामा यो दिवस विशेष रूपमा मनाउने गरिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button