राष्ट्रियसमाचारस्थानीय

उम्मेदवार छनोटमा नातावाद र कृपावादलाई स्थान दिइँदैन : रास्वपा सहमहामन्त्री यादव

कलैया, बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री पुरुषोत्तम यादवले आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न कुनै नेता वा सांसदको पहुँच र सिफारिस आवश्यक नपर्ने बताएका छन्।

बारा जिल्लाको सदरमुकाम कलैया आइपुगेका सहमहामन्त्री यादवले गढीमाई माताको दर्शन गर्ने क्रममा व्यक्त गरेका विचारलाई सकारात्मक र स्वागतयोग्य रूपमा लिइएको छ।
यादवका अनुसार पार्टीको विधि, नियम तथा Candidate Club ले निर्धारण गरेको प्रक्रियाअनुसार योग्य, सक्षम र प्रतिस्पर्धी उम्मेदवारले अवसर प्राप्त गर्नेछन्। पार्टीभित्र नातावाद, कृपावाद र आफन्तवादलाई कुनै स्थान नदिइने उनको भनाइ छ।

उनले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, निष्पक्ष र योग्यतामा आधारित बनाउने पार्टीको नीतिबारे समेत धारणा व्यक्त गरेका थिए।

उक्त अवसरमा यूथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेसहित युवाहरूको टोलीको सहभागिता रहेको थियो। यादवको अभिव्यक्तिले राजनीतिमा पहुँच र व्यक्तिगत सम्बन्धभन्दा योग्यता, क्षमता तथा निष्पक्ष प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको सहभागीहरूको बुझाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button