राष्ट्रियसमाचार

प्रादेशिक अस्पताल कलैयामा सेवाग्राहीहरु प्रभावित :- सम्बन्धित निकायले अँखामा बान्धयो पट्टी ।

कलैया –  बाराको सबैभन्दा जेष्ठो सरकारी अस्पताल रहेको कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित  प्रादेशिक  अस्पताल कलैयामा विभिन्न खालको समस्या सेवा ग्राहीहरुले भोगदै आईरहेको छ!

प्रादेशिक अस्पताल कलैयाको समस्या र बेथितिको बारे पटकपटक विभिन्न मिडियाहरुमा प्रमाण सहित समाचार सम्प्रेषण तथा प्रकाशन भएको हुदाहुदै अस्पताल प्रशासन र सम्बन्धित निकायले कुनै पनि ठोस कदम नचली उलटै अँखा पट्टी र कानमा तेल हालेर बसिरहेको छ!

अस्पतालमा सेवा लिन आउने सेवा ग्राहिले अस्पतालका केही कर्मचारीको कारण सास्ती भोगने गरेको सेवा ग्राहिले आरोप लगायका छन। त्यसतै अस्पतालको चमिना गृहको भवन जिर्न रहेकोले बिगत कयौं बर्ष देखि आएको बजेट फ्रीज हुदै गएको छ। त्यहाबाट बिरामीको साथमा रहेको कुरुवाहरुलाई निशुलक खाना खुवाउने सरकारको निति रहेको हुँदा उक्त  सेवाबाट  प्रादेशिक अस्पताल कलैयामा बिरामीसङ्ग आउने कुरुवाहरु सेवा लिनबाट बन्चित हुँदै आएकोमा त्यसतर्फ अस्पताल प्रशासन र सम्बन्धित निकायको ध्यान नभएको सेवाग्राहिहरुले गुनासो गरेका छन।

त्यसतै अस्पतालको क्यनटिङ्ग बिगत डेढ दुई बर्ष देखि पुर्ण रूपमा बन्द भएकोले बिरामीहरु गुणस्तरहिन खाजा र खाना बाहिरबाट चर्को मुल्य तिरेर खान बाध्यता रहेको एक जना सेवा ग्राहीले गुनासो गरेका छन । त्यति नभई रातिको समयमा बिरामीलाई चिया , तातोपानी , लगायत खाजा खुवाउनका लागी डाक्टरले भनेपछि। यिकुराहरु अस्पतालको क्यनटिङ्ग संचालन नभएको हुँदा सेवा ग्राहिहरु र अस्पतालमा काम गर्ने कर्मचारी समेत समस्या भोगी रहेकोमा सम्बन्धि निकायले छिटो समस्या समाधान गरोस् सेवा ग्राहिहरुको धार्ना रहेको छ ।

यस विषयमा प्रादेशिक अस्पताल कलैयाका सूचना आधिकारी तथा प्रशासन शाखाका सुब्बा राजकिशोर प्रसाद पण्डित सङ्ग प्रतिक्रिया लिनकालागी मोबाइल :- ९८५५०४८५२० र ९८४५२२६६९५ मा सम्पर्क गर्न खोज्दा उक्त मोबाइल नम्बरहरु सुईच अफ रहेको बताईएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button