
कलैया – बारामा केहि दिन यता चोरहरुको गिह्रो सक्रिय भएको छ । १ हाप्ता पहिला बाराको महागढिमाई नगरपालिका वडा नम्बर २ ईनार्वा स्थित रामजन्म प्रसाद यादवको घरमा सेनखनी करिब १ लाख भन्दा बढीको धनमाल लत्ताकपडा चोरहरुको गिह्रोले चोरी गर्न सफल भएका थिए । त्यस्तै बिहिबार करिब राती १२ बजेको समयमा बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित एक घरमा ताला तोडेर करिब ५० लाख रुपैयाँ बराबरको चोरी भएको छ। हनुमान मन्दिरदेखि अदालत जाने बाटोमा बसपार्क रोडस्थित पन्नालाल प्रसाद साह तेलीको रहेको घरमा चोरहरुको गिह्रोले चोरी गर्न सफल भएको छ ।

चोरहरूले मूल गेटसहित चारवटा कोठाको ताला तोडफोड गरी दराज र लकर फुटाएको धरधनी साहले जानकारी दिएका छन्। घरधनी साहका अनुसार चोरहरूले ९ तोला सुन, ३ तोला चाँदी, नगद ९ लाख ३५ हजार रुपैयाँसहित अन्य सर-सामान अनुमानित रु ५० लाख रुपैयाँ बराबरको रहेको छ।
पीडित साहका अनुसार आफुहरु २०८२ चैत २९ गते आमाको निधन भएपछि सम्पूर्ण परिवार गाउँमा गएकोबेला मौका छोपि घर खाली रहेको बेला चोरी भएको बताए ।
जिल्ला प्रहरी कार्यालय बाराका तथा निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाबारे तीब्र रुपले अनुसन्धान भइरहेको र जिल्लामा सुरक्षा निगरानी बढाइएको बताएका छन्।



