
परवनीपुर – शनिबार देखि हुन लागेको पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले छ। बिहीबार बिहान परवानीपुर खैल मैदानमा आयोजक शक्ति युवा क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर वैशाख ५ देखि १२ गतेसम्म हुने प्रतियोगीताको सबै तयारी पूरा भएको जनाएको हो।
एक हप्ता सम्म संचालन हुने पाँचौं परवानीपुर गोल्डकपमा भारत एक वटा र नेपालको ७ वटा टिम गरि आठ वटा टिमले भाग लिने प्रतियोगीताका संयोजक संजय मण्डले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा आयोजक शक्ति युवा क्लब, वीरगंज युनाइटेड क्लब, वीरगंज युथ क्लब, रिगल हेटौडा एन्फा क्लब,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह क्लब रौतहट, निजगढ फुटबल क्लब र यंग स्टार क्लब गरी आठवटा टीम सहभागी हुनेछन् ।
राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद नाराका साथ परवानीपुर गोल्डकप–२०८३ को पाँचौं परवानीपुर गोल्डकप परवानीपुर खेल मैदानमा करिब १७ लाखको लागतमा वैशाख ५–१२ गते साँझ ३ बजेदेखि ५ बजेसम्म हुन लागेको प्रतियोगीताका सहसंयोजक दिपक यादवले बताए ।प्रतियोगितामा पहिलो पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख र अन्य विधा जस्तै उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रतिदिनका खेलका उत्कृष्ट खेलाडीहरुलाई आर्थिक नगदबाट पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष सुबोध श्रीवास्तले बताए । त्यस्तै खेलभरिका उत्कृष्ट प्रतियोगिताका खेलाडीलाई ५१०० नगद पुरस्कार दिइने अध्यक्ष श्रीवास्तले बताए ।
सो प्रतियोगिता सभ्य र भव्यरुपमा सम्पन्न गराउन सम्पूर्ण परवानीपुर शक्ति युवा क्लबका पदाधिकारी, स्थानीय खेलाडी, पर्सा–बाराका जनप्रतिनिधि, सुरक्षा निकाय चन्दादाता, उद्योगी–व्यवसायी एवं खेलप्रेमी तथा सञ्चारकर्मीहरुलाई आआफ्नो तर्फबाट सहयोग गरी सफल बनाइदिन आयोजकले अनुरोध समेत गरेको छ। पत्रकार सम्मेलनमा आयोजक क्लबका उपाध्यक्ष हुलास यादव महासचिव ध्रुव साह , कोषाध्यक्ष सोनालाल मण्डल ,क्लबका प्रशिक्षक पंकज चौधरी , पुर्व फुलबल खेलाडी बिनोद न्यौपाने , प्रहरी चौकी परवानीपुरका इन्चार्ज शक्ति श्रेष्ठ ,सदस्यहरु तिवारी यादव , राजेश यादव , सलिम आलम इमाम आलम सहितका ब्यक्तिहरुको सहभागीता रहेको थियो।
त्यसअघि पाचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम तयारीको क्रममा आयोजकले स्थानीय अग्रज समाजसेवी राजनीतिक दलका नेता , जनप्रतिनिधि , खेलाडी ,सञ्चारकर्मी र सुरक्षाकर्मीहरुको सहभागीतामा खेलमैदानमा अन्तरक्रिया पनि गरेको छ । अन्तरक्रियामा अहिलेसम्म खेलकुदमा सक्रिय रूपमा लागेर अगाडि बढाउदै आएका युवा र क्लबका पदाधिकारीहरुलाई यसलाई राजनीतिबाट अलग राख्नलाई सहभागीहरु बताएका थिए ।



