
बारा – कलैया उपमहानगरपालिका वडा नं. २ औधापुर निवासी सचितानन्द यादवको दुवै मृगौला काम गर्ने अवस्थामा नरहेको चिकित्सकले बताएका छन ।
मृगौला काम गर्न छोडेपछि यादव बिच्चलीमा परेका छन । उनको आर्थिक अवस्था एकदमै दयनिय रहेको छ । काठमाडौं विर हस्पिटलमा चेकअप गराउदा मृगौला प्रत्यारोपण गराउनु पर्ने डाक्टरले जवाफ दिएको उनले बताए। प्रत्यारोपण नभईन्जेल डाएलेसिस गरेर बसेको यादवले बताए । काठमाडौंमा महङ्गो पर्ने भएकोले आफ्नै जिल्लाको सरकारी अस्पतालमा डाएलेसिस गर्न सुझाव दिएको उनले बताए ।
चिकित्सकको सुझाव अनुसार प्रादेशिक अस्पताल कलैयामा भर्ना भएको थिए । प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अजय गुप्ताले आफ्नै निगरानीमा घाटीमा पाईप लगाएर डाएलेसिसमा सहयोग गरी उनी, ‘ मेरो लागी भगवान सरह रहेको बताए । यादवका दुई छोरी र दुई छोरा रहेका छन । ऋण गरेर पनि छोरीहरूको बिहे गरिसकेका यादव मृगौला काम गर्न छोडे पछि चिन्तित बनेका छन । आफु बिरामी भए पछि १५ वर्षीय छोरो काठमाडौंमा मार्बलको काम सिकिरहेको जानकारी गराएका छन । सानो छोरा ३ वर्षको छ ।
आफ्नो जिवन दाताहरुले बचाई दिए निको भएर ऋण चुक्ता गर्ने उनको सोच रहेको छ । नेपाल राष्ट्रिय वाणिज्य बैक कलैयाका शाखामा सचितानन्द यादवको नाममा रहेको खाता नम्बर १२६०१००१२७६६८०१० मा दाताहरूको एक एक रुपियाको सहयोगले आफ्नो जिवन बाँच्ने उनले आशा लिएका छन । चिकित्सकले गर्ने चेकअप, प्रत्यारोपण, डाएलेसिस, खान, अस्पतालको बसाइमा करिब २० देखि २५ लाखको व्यवस्था गरी अस्पताल भर्ती हुन चिकित्सकले बताएको यादवले बताए ।
०६३ को मधेस आन्दोलनको अग्रपंक्तिमा रही मधेस आन्दोलन सफल बनाएका मध्ये उनी एक हुन । उनको योगदानले जिल्लाका कयौ मधेशी नेताहरू जितेर आलिसान महल बनाएर विलासिताको जिन्दगी बिताइरहेका छन । मधेशी दलका नेताहरूले उनको योगदानको कदर गरि सहयोगको लागि उनले ठूलो आशा लिएर बसेका छन ।


