
कलैया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद, केन्द्रीय सदस्य तथा पार्टीका सदस्यहरूलाई मन्त्रालय र सिंहदरबारमा अनावश्यक भीडभाड नगर्न र शक्ति प्रदर्शनको शैलीमा नभेट्न कडा निर्देशन दिएको छ।
आज बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयहरूमा काम बिना नजान र भीड नगर्न स्पष्ट निर्देशन दिएका छन। मन्त्री र सांसदहरूलाई आफ्ना नातागोता, आफन्त वा साथीभाइलाई राजनीतिक नियुक्ति दिलाउने खेलमा नलाग्न समेत चेतावनी दिएका छन ।
पार्टीको छवि स्वच्छ राख्ने र सुशासनको अनुभूति दिलाउने उद्देश्यले चालिएको यस कदमको बारेमा बैठकलगत्तै सभापति लामिछानेका निकट मानिने नेता प्रमोद न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउँदै पार्टीको यो निर्णयले राजनीतिमा नयाँ संस्कारको विकास गर्ने विश्वास राखेको छ ।



