
कलैया – बारा प्रहरीले बैकिङ कसुर चेक अनादर मुद्दामा फरार रहेका ४ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
चेक अनादर मुद्दामा ३ हजार रुपैयाँ दण्ड सजाय पाएका कलैया उपमहानगरपालिका वडा नं.१७ का ५६ वर्षीय प्रमोद पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो। चेक अनादर मुद्दामा २ हजार रुपैयाँ जरिवाना पाएका कलैया उपमहानगरपालिका २३ का ५१ वर्षीय नन्कु राउत ,चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिवाना पाएका कलैया उपमहानगरपालिका १ का ३४ वर्षिय संजिव कुमार मण्डल र चेक अनादर मुद्दामा १४ लाख ५० हजार रुपैयाँ जरिवाना पाएका महागढीमाई नगरपालिका १० गंजभवानीपुरका ५२ वर्षिय मह्मद फिरोज देवानलाई पनि पक्राउ गरेको छ ।
प्रहरी कारवाहीको सिलसिलामा बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका वारदात पश्चात फरार रहेको अवस्थामा उनीहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतसमेतबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेकालाई बारा जिल्ला अदालतमा दाखेल गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले विहीवार एक प्रेस विज्ञप्ति जारीगरी जानकारी गराएको छ ।



