प्रदेश खबरराष्ट्रियसमाचार

नेपाल हवारी धोबी कल्याणको केन्द्रिय बैठक कलैयामा सुरु ।

बारा – देशभरबाट आएका प्रतिनिधि अगुवा तथा समाजसेवीहरूको सहभागितामा नेपाल हवारी कल्याण समाजको केन्द्रिय महाधिवेशन कलैयामा भव्य रूपमा प्रारम्भ भएको छ।

महाधिवेशनको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि  प्रदेश सभा सदस्य महमद समिरले धोबी समुदायको हक अधिकार र सामाजिक सम्मान तथा आर्थिक सशक्तीकरणका विषयमा जोड दिएका थिए। उनीहरूले समुदायको एकता, शिक्षा, रोजगारी तथा सामाजिक रुपान्तरणका लागि संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्।

कार्यक्रममा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले आफ्नो धारणा राख्दै संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए। साथै, युवापुस्तालाई नेतृत्वमा अघि ल्याउनुपर्ने विषयमा समेत जोड दिइएको थियो।

महाधिवेशन अन्तर्गत आजै नयाँ केन्द्रीय कार्यसमिति चयन गरिने निर्वाचन समितिले जनाएको छ। अध्यक्षसहित विभिन्न पदमा नयाँ नेतृत्व चयनका लागि प्रतिनिधिहरूबीच छलफल तथा सहमतिको प्रयास भइरहेको बताइएको छ।

कलैयामा आयोजित महाधिवेशनले धोबी समुदायबीच आपसी एकता र संगठनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको आयोजकले।

जनाएकोछ।बारा जिल्ला अध्यक्ष ईस्राफिल हवारिले आजै खुल्ला शत्र सकिए लगत्तै बन्द शत्रले नया कार्य समिती चयन गर्ने कार्यतालिका रहेको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button