खेलकुदराष्ट्रियसमाचार

नवनियुक्त मन्त्री महमम्द समिरलाई कलैयामा बधाई तथा शुभकामना

जेष्ठ- १०

बारा – मधेस प्रदेश सरकारका नवनियुक्त विना विभागीय मन्त्री मा. महमम्द समिरलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कलैया उपमहानगरपालिका–६ स्थित मदरसामा एक विशेष कार्यक्रम सम्पन्न भएकोछ ।

सगिर मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, राजनीतिककर्मी, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले मन्त्री समिरलाई फूलमाला तथा खादा लगाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महमम्द समिरले आफूलाई जनताले दिएको विश्वास र जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मधेस प्रदेशको विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

उहाँले आफ्नो राजनीतिक यात्रा जनताको साथ र समर्थनबाट सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको समस्या समाधानका लागि निरन्तर सक्रिय रहने धारणा राख्नुभयो । मन्त्री समिरले मधेस प्रदेशको समृद्धि र सामाजिक सद्भाव कायम राख्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको समेत बताउनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले मन्त्री समिर युवापुस्ताको आशा र भरोसाका नेताका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै उहाँको नियुक्तिले बारासहित समग्र मधेस प्रदेशको विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका थिए ।

बधाई तथा शुभकामना कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय अगुवा, धार्मिक व्यक्तित्व तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button