प्रदेश खबरराष्ट्रियसमाचार

गढिमाई मन्दिरको दर्शन गर्दै मन्त्री समिरले गरे देशवासीको सुख–समृद्धिको कामना

जेष्ठ – १० 

बारा, कलैया – मधेस प्रदेश सरकारका नवनियुक्त बिना विभागीय मन्त्री मोहम्मद समिरले विश्व प्रसिद्ध गढिमाई मन्दिरमा माताको दर्शन गर्दै देश तथा प्रदेशवासीको सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ। मन्त्री पदको जिम्मेवारी सम्हालेपछि उहाँ पहिलो पटक गढिमाई मन्दिरमा  पुगेर विशेष पूजा–पाठ दर्शन गर्नुभएको हो।

बाराको महागढीमाई नगरपालिका १ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गढिमाई मन्दिरमा मन्त्री समिरलाई स्थानीय जनप्रतिनिधि, राजनीतिककर्मी, शुभेच्छुक तथा सर्वसाधारणले स्वागत गरेका थिए। दर्शन गरेपछि। सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री समिरले जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “गढिमाई मातासँग देशमा शान्ति, सद्भाव र विकासको कामना गरेको छु। मधेस प्रदेशसहित सम्पूर्ण देशवासी सुखी र समृद्ध बनून् भन्ने मेरो चाहना हो। जनताले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्नेछु।

मन्त्री समिरले धार्मिक तथा सांस्कृतिक आस्थाको संरक्षणसँगै विकास निर्माणका कामलाई पनि प्राथमिकतामा राख्ने बताउनुभयो। उहाँले मधेस प्रदेशमा शिक्षा, स्वास्थ्य, कृषि रोजगारी तथा पूर्वाधार विकासलाई प्रभावकारी ढंगले अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो।
गढिमाई मन्दिर नेपालकै प्रसिद्ध धार्मिक स्थलमध्ये एक मानिन्छ। विशेषगरी पाँच वर्षमा लाग्ने गढिमाई मेलाका कारण यो मन्दिर अन्तर्राष्ट्रिय स्तरमै परिचित छ। मन्त्री समिरको मन्दिर भ्रमणलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।

पूजा कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, धार्मिक अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button