एसपी नरेन्द्र कुँवरको नेतृत्वपछि बारामा शान्ति सुरक्षा मजबुत, जटिल घटनाको अनुसन्धान सफल ।

जेष्ठ – १०
कलैया, बारा — जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले नेतृत्व सम्हालेपछि जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार देखिन थालेको छ।
एसपी कुँवरको निर्देशनमा बारा प्रहरीले जिल्लाका विभिन्न संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ। खुला सीमा क्षेत्रका कारण लामो समयदेखि हुने गरेको अवैध तस्करी लागुऔषध कारोबार तथा आपराधिक गतिविधिविरुद्ध प्रहरीले कडाइका साथ अभियान सञ्चालन गरिरहेको छ।
विशेषगरी अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक भट्टको सक्रियतामा जिल्लामा चर्चामा आएका जटिल घटनाको अनुसन्धान सफल भएको प्रहरी स्रोतले जनाएको छ।
त्य्सतै प्रसौनी क्षेत्रमा रहेको पानी कम्पनीसँग जोडिएको विवादास्पद घटनादेखि निजगढस्थित एक होटलमा भएको युवतीसम्बन्धी घटनाको प्रहरीले प्रमाण संकलन, गरि शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिईर अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाएको बताइएको छ। ती घटनाले जिल्लामा ठूलो चर्चा पाएपछि प्रहरीले अनुसन्धान छिटो टुंग्याउन सफल भएको थियो।
एसपी कुँवरले अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै जिल्ला विभिन्न स्थानमा रात्री गस्ती, चेकजाँच तथा सीमा निगरानीलाई कडा बनाएका छन्। भारतीय सीमावर्ती नाकाहरूबाट हुने चोरीपैठारी रोक्न प्रहरी परिचालन बढाइएको छ भने शंकास्पद गतिविधिमाथि विशेष निगरानी राखिएको छ। प्रहरीले पछिल्लो समय फरार अभियुक्त पक्राउ, अवैध लागूऔषध बरामद तथा तस्करी नियन्त्रणमा समेत सफलता हासिल गरेको जनाएको छ। विभिन्न स्थानमा नियमित चेकिङ तथा सूचनाको आधारमा गरिएको अपरेशनबाट आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कारबाही भइरहेको छ। स्थानीय नागरिकहरूका अनुसार पहिलेको तुलनामा अहिले जिल्लामा प्रहरीको कामले उपस्थिति सक्रिय देखिएको छ।
बजार क्षेत्र, होटल, सार्वजनिक स्थल तथा सीमा क्षेत्रमा निगरानी बढेपछि सर्वसाधारणले सुरक्षाको अनुभूति गर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय बाराले कानुनविपरीतका गतिविधिमा संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट गर्दै शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रतिबद्ध रहेको जनाएको छ।



