प्रदेश खबरराष्ट्रियसमाचार

बाराको निजगढमा  गुरुङ होटेलमा एक यूवती मृत फेला।

निजगढ –  बाराको निजगढमा एक यूवती होटेलमा मृत अवस्थामा फेला परेकी छन् । निजगढ नगरपालिका-९ स्थित गुरुङ होटलमा एक युवकसँग बसेकी निजगढ–१२ कोलगाउँकी १९ वर्षीया सीता थिङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढले  जानकारी गराएको छ।

प्रहरीका अनुसार मृतकको शव अहिले निजगढ सामुदायिक अस्पतालमा राखिएको छ । प्रारम्भिक अनुसन्धानमा घाँटी थिचेर हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ । राति करिब ११ बजे उनलाई अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

घटनापछि होटलमासँगै बसेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामा दुई पुरुष र एक महिला रहेका छन् । उनीहरूको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन । प्रहरीले घटनाको थप अनुसन्धान  भई रहेको जनाएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button