प्रदेश खबरराष्ट्रियसमाचार

बारामा लागुऔषध सेवनकर्ता खोजी तथा सुधार अभियान सुरु, कीटबाट परीक्षण गरि सेवन कर्ताको मापन्न गर्दै।

कलैया –  बारामा लागुऔषध सेवनकर्ता एवम् सुधार अभियान सुरु गरिएको छ। बारा जिल्लाको कलैया उपमहानगरपालिका-१० स्थित मटिअर्वा नाकामा जिल्ला प्रहरी कार्यालय बाराको सामुदायिक प्रहरी शाखको आयोजनामा शुक्रबार अभियानको शुभारम्भ गरिएको छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको निर्देशन अनुसार लागुऔषध सेवनकर्ता खोजी एवम् सुधार अभियान २०८३ अन्तर्गत सिमानाकाहरूमा लागुऔषध किटको माध्यम बाट पानी गर्ने । र परीक्षण केन्द्रको स्थापना गर्ने कार्यक्रमसमेत अघि बढाइएको छ। सोही क्रममा मटिअर्वामा लागुऔषध सेवन गर्ने शंकास्पद व्यक्तिहरूको कीटमार्फत परीक्षण गर्ने कार्य पनि सुरु गरिएको छ। सो कार्यक्रमको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले ब्यानर वाचन गरि उद्घाटन गरेका हुन् ।

जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहले अभियानलाई स्वागत गर्दै “ढिलो भए पनि सही समयमा सुरु भएको बताए। उनले लागूऔषधसम्बन्धी समस्या समाधानका लागि भवन निर्माण गरी एकीकृत सेवा प्रवाह आवश्यक रहेको स्थानीय तहलाई समन्वय गर्न आग्रह गरेका छन् ।

यसैगरी कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले सिमानाकामा आवतजावत गर्ने शंकास्पद व्यक्तिहरूको लागुऔषध परीक्षणमा स्थानीयको सहयोग आवश्यक रहेको बताए। उनले आगामी आर्थिक वर्षमा अभियानका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाए।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले लागुऔषध सेवनकर्तालाई समयमै पहिचान गरी उपचार तथा पुनःस्थापनामा ल्याउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका हुन।

एसपी कुवरले युवापुस्तामा फैलिँदै गएको लागुऔषध दुरुपयोगले सामाजिक, आर्थिक र मानसिक क्षति बढाइरहेकोले यसले अपराध, हिंसा, चोरी, घरेलु कलह र असामाजिक गतिविधि बढाउने खतरा रहेको बताए। उनले सेवनकर्तालाई अपराधी नभई सुधारयोग्य व्यक्तिका रूपमा हेरेर पुनर्स्थापना गर्नुपर्नेमा जोड दिनु भयो।

उनले विद्यालय, कलेज र समुदायस्तरमा जनचेतना अभिवृद्धि, प्रहरी–समुदाय सहकार्य मजबुत बनाउने तथा लागुऔषध कारोबार नियन्त्रणलाई प्रभावकारी बनाउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।

उक्त कार्यक्रममा १० नं. वडा अध्यक्ष महम्मद साबिर, प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला, प्रस्तावित सिमा सुरक्षा मटिअर्वाका सशस्त्र प्रहरी उपरीक्षक सन्तोष अधिकारी, सामुदायिक प्रहरी बाराका सचिव जंग बहादुर यादव, लोकेश सिंह, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, युवाहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरीक्षक राजकिशोर पटेलले गर्नु भएको  थियो।

नेपाल प्रहरीको समुदाय -प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सुरु गरिएको यस अभियानले जिल्लामा २४ घण्टा सक्रिय रहने आपराधिक गतिविधि रोकथाम, सेवा प्रवाहमा पारदर्शिता र लागुऔषध नियन्त्रणमा महत्वपूर्ण योगदान दिने अपेक्षा राखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button