प्रहरीको कडाइपछि तस्कर र ‘केही’ पत्रकारको छटपटी: भ्रामक समाचार फैलाएर प्रहरीको मनोबल गिराउने प्रयास गरेको आरोप।

बारा – बाराको सीमावर्ती क्षेत्र छतवा र मुसहर्वा लगायतको नाकाहरुमा प्रहरीले तस्करी नियन्त्रणका लागि। अपरेशन क्लिन’ सुरु गरेपछि तस्कर समूह र उनीहरूसँग जोडिएका केही सञ्चारकर्मीहरूमा छटपटी देखिएको छ। प्रहरीको सक्रियताले अवैध आर्थिक गतिविधिमा रोक लागेपछि। भ्रामक र कपोलकल्पित समाचारमार्फत प्रहरीको मनोबल गिराउने प्रयास भएको स्थानीय स्रोतले दाबी गरेका छन्।
स्रोतका अनुसार, केहि सञ्चारकर्मीले लामो समयदेखि तस्करहरूलाई संरक्षण प्रदान गर्दै आर्थिक लाभ लिँदै आएको आरोप छ। इलाका प्रहरी कार्यालय छतवामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) दलबहादुर श्रेष्ठको नेतृत्वमा नाकामा कडाइ बढेपछि तस्करी लगभग ठप्प भएको बताइएको छ। यससँगै ती व्यक्तिको आम्दानीको स्रोत बन्द भएपछि प्रहरी नेतृत्वविरुद्ध नकारात्मक प्रचार सुरु गरिएको स्रोतको भनाई रहेको छ।
यस्तै।ती सञ्चारकर्मी आफैं गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोप पनि सार्वजनिक भएको छ। आएको र समाचारको नाममा सर्वसाधारण तथा साना व्यापारीहरूबाट रकम असुल्ने गरेको आरोप स्थानीयले लगाएका छन्। यसले समग्र सञ्चार क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठाएको बताइन्छ।
सञ्चार क्षेत्रभित्रै पनि उक्त व्यवहारप्रति असन्तुष्टि देखिएको छ। केही पत्रकारहरूले समाचारलाई व्यक्तिगत स्वार्थ पूर्तिको साधन बनाउनु निन्दनीय भएको भन्दै यस्ता गतिविधिले इमानदार पत्रकारहरूको छविमा असर पुर्याएको प्रतिक्रिया दिएका छन। यसैबीच जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय छतवाले यस्ता भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफूहरू विचलित नहुने स्पष्ट पारेका छन्।
प्रहरी नायव निरीक्षक श्रेष्ठले तस्करी नियन्त्रण र सीमा सुरक्षामा कुनै सम्झौता नहुने अडान दोहोर्याएका छन्।
प्रहरी प्रशासनले ‘घुमुवा’ परिचालन गरिएको भन्ने हल्ला पनि निराधार भएको जनाएको छ। संगठनको नीति विपरीत कुनै गतिविधि नभएको र जवानहरू नियमित रूपमा शान्ति सुरक्षामा खटिएको स्पष्ट पारिएको छ। व्यक्तिगत मानमर्दन गर्ने उद्देश्यले लगाइएका आरोपहरू तथ्यहीन र पूर्वाग्रही भएको प्रहरीको भनाइ रहेकोे छ। प्रहरीले भनेका छन। हामी सरकारको नीति र निर्देशनअनुसार काम गरिरहेका छौँ।



