बालविवाह रोकथाम तथा न्यूनीकरण गर्नका लागि धर्म गुरुहरु संग अन्तरक्रिया सम्पन्न ।

कलैया – बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित रहेकोे उद्योग बाणिज्य संघको सभा हालमा १ दिने बालविवाह अन्त्यका लागि निति तथा कानुनको प्रभावकारी कार्यन्वयन सम्बन्धि विभिन्न धर्मगुरुहरु सङ्ग आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अथिती जिल्ला प्रहरी कार्यालय बारा महिला बालबालिका तथा जेष्ठनागरिक शाखाका प्रमुख प्रहरी निरीक्षक दिलिप कुमार थापाले बालविवाह रोक्न तथा नियुनिकरण गर्न समाज विभिन्न समुदाय र विभिन्न धर्ममानने धर्नागुरुहरुको भुमिका देखीएकोमा त्यस ठाँउहरुबाट बालविवाहको कानुन कार्यान्वयन गर्न अनुरोध गरेका थिए ।

बालविवाह हुनुको कारण शिक्षा र आर्थिक , जेतनाको अभावले बढी हुने रहेको बुद्धिजीवीहरुको भनाई रहेको छ । कार्यक्रममा बालविवाह विरुद्ध प्रदेश स्तरीय सन्जालका प्रदेश संयोजन प्रासंशा सिंहले बालविवाह मात्र कानूनी रुपले रोक्न र नियुनिकरण गर्नकालागी विभिन्न टोल र समुदायमा रहेका बुद्धिजीवीहरुको अहम भुमिका रहेको बताईन।
कार्यक्रम बालविवाह विरुद्ध प्रदेश स्तरीय सन्जाल र हाम्रो प्रयास बाराको आयोजना भएको थियो। कार्यक्रमको समन्वय जिल्ला प्रहरी कार्यालय बाराको सामुदायिक प्रहरी साझेदारी शाखाले गरेका थिए । कार्यक्रमको संचालन सस्थका समाजिक सहजकर्ता आरती चौधरीले गरेका थिए।



