प्रदेश खबरसमाचार
सर्लाहीमा मतदान अधिकृत महतोको मृत्यु।

सर्लाही –सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटिएका मतदान अधिकृत रघुनाथ महतोको मंगलबार निधन भएको छ।
रौतहटको माधव नारायण नगरपालिका–६ घर भएका ४२ वर्षीय महतो, जो पेशाले सिनियर अहेब समेत थिए, मतदान केन्द्रमा खटिएकै अवस्थामा मंगलबार बिहान अचानक बेहोस भएका थिए।
बेहोस भएलगत्तै उपचारका लागि उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा उपचारकै क्रममा चिकित्सकहरूले महतोलाई दिउँसो २ बजेर ३० मिनेटमा मृत घोषणा गरेका हुन ।



