प्रदेश खबरराष्ट्रियसमाचार

ब्राह्मण समाज नेपाल बारा जिल्ला कमिटीले मन्त्री समीरलाई गरे सम्मान ।

जनकपुरधाम  – जेष्ठ  १८ – मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय महमम्द समीरलाई ब्राह्मण समाज नेपाल बारा जिल्ला कमिटीले सोमबार मन्त्री समिरलाई  सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

जनकपुरधाममा  स्थिती मन्त्री समिर कै निवास ब्राह्मण समाज नेपाल बाराका अध्यक्ष पाण्डेले  खादा ओढाएर सम्मान तथा बधाई ज्ञापन गरेका हुन्। मन्त्री पदको जिम्मेवारी सम्हालेपछि मधेश प्रदेशको भौतिक पूर्वाधार विकास, सडक, पुल तथा अन्य विकास निर्माणका योजनाहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन सफल हुने विश्वास व्यक्त गर्दै  पाण्डेले शुभकामना दिएका हुन।

अध्यक्ष पाण्डेले मन्त्री समीरको नेतृत्वले मधेश प्रदेशमा विकास निर्माणका कार्यले नयाँ गति लिने अपेक्षा व्यक्त गर्दै प्रदेशको समग्र विकास, सुशासन र जनताको अपेक्षा पूरा गर्न सफलताको  समेत कामना व्यक्त गर्नु भयो।

सम्मान ग्रहण गर्दै मन्त्री समीरले आफूलाई प्रदान गरिएको सम्मानप्रति धन्यवाद व्यक्त गर्दै जनताको चाहना र आवश्यकतालाई केन्द्रमा राखेर विकास निर्माणका कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाए। उनले मधेश प्रदेशको समृद्धि र पूर्वाधार विकासका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button