समाचारस्थानीय

मोटरसाइकलको ठक्करपछि विवाद, चक्कु प्रहारबाट युवक घाइते

बारा । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित गढीमाई मन्दिर नजिक मोटरसाइकलको ठक्करबाट दुई वर्षीया बालिका घाइते भएपछि उत्पन्न विवादका क्रममा चक्कु प्रहार हुँदा एक युवक घाइते भएका छन्।

प्रहरीका अनुसार २०८३ साल कार्तिक २६ गते बिहान करिब १० बजे बरियारपुर बजारबाट बरियारपुर गाउँतर्फ जाँदै गरेको प्रदेश ०८–००१ प ०३१९ नम्बरको मोटरसाइकलले बाटोमा खेलिरहेकी स्थानीय दुई वर्षीया बालिका अनुष्का कुमारी लहेरालाई ठक्कर दिएको थियो। मोटरसाइकल करिब १५ वर्षीय बालकले चलाएका थिए।

मोटरसाइकलको ठक्करबाट बालिकाको दाहिने हातमा चोट लागेको थियो। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

उक्त घटनालाई लिएर विवाद उत्पन्न भएपछि स्थानीय ३५ वर्षीय भीम लहेरा र मोटरसाइकल चालक मिलेर स्थानीय पहलाद साह लहेराका १९ वर्षीय छोरा सुरज साह लहेरामाथि चक्कु प्रहार गरेको बारा प्रहरीले जानकारी गराएकोछ। चक्कु प्रहारबाट सुरजको शरीरको पछाडिपट्टि पिठूमा चोटलागी घाइते भएका छ्न। घाइते साहको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बरियारपुरबाट प्रहरी नायब निरीक्षक कपिल अधिकारीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमान्डमा अर्को टोलीसमेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए।

प्रहरीले चक्कु प्रहारमा संलग्न रहेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बारामा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको  प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी गराए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button