राष्ट्रियसमाचार

वीरगञ्ज कारागारबाट जबर्जस्ती करणी मुद्दाका कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता कडा

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित कारागारबाट जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्। कारागार परिसरमा सरसफाइ गर्ने क्रममा पोखरिया नगरपालिका–सतबरियाका सुनील साह सुरक्षा व्यवस्थालाई छल्दै फरार भएका हुन्।

प्रहरीका अनुसार साह कारागारबाट फरार भएको जानकारी प्राप्त हुनासाथ उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरिएको छ। फरार कैदीको खोजी कार्यलाई तीव्र पारिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभएको छ।

वीरगञ्ज भारतसँग खुला सीमा जोडिएको क्षेत्र भएकाले फरार कैदी भारततर्फ भाग्न सक्ने आशङ्कासमेत गरिएको छ। सम्भावित सीमा पार गर्ने जोखिमलाई मध्यनजर गर्दै सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा सुरक्षा निगरानी बढाउनुका साथै सवारीसाधन र आवतजावत गर्ने व्यक्तिहरूमाथि जाँच कडा पारिएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button