राष्ट्रियसमाचार

बारामा दुई लाख २० हजार रुपैयाँ बराबरका तथा आतिशबाजी बरामद गरी गरे नष्ट

बारा, २४ कात्तिक। जिल्ला प्रहरी कार्यालय बाराले भारतबाट अवैध रूपमा भित्र्याइएका करिब दुई लाख २० हजार रुपैयाँ बराबरका पटाका तथा आतिशबाजी नियन्त्रणमा लिई नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जिल्लाका विभिन्न स्थानमा खटिएका प्रहरी टोलीले अवैध रूपमा भित्र्याइएका पटाका तथा आतिशबाजी नियन्त्रणमा लिएका हुन्।
कार्यालय मातहतका इलाका प्रहरी कार्यालय जितपुर, निजगढ तथा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले विभिन्न मिति र समयमा गरेको जाँचका क्रममा उक्त पटाका तथा आतिशबाजी नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएका पटाका तथा आतिशबाजीको अनुमानित मूल्य दुई लाख २० हजार रुपैयाँ रहेको जनाएको छ।

भारतबाट अवैध रूपमा भित्र्याइने पटाका तथा विस्फोटक प्रकृतिका आतिशबाजीले आगलागी, चोटपटक तथा अन्य दुर्घटनाको जोखिम बढाउने भएकाले प्रहरीले यस्ता सामग्रीको अवैध ओसारपसार तथा बिक्री वितरण नियन्त्रण गर्न निगरानी र चेकजाँचलाई तीव्रता दिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले अवैध रूपमा भित्र्याइएका पटाका तथा आतिशबाजी नियन्त्रणमा लिई नष्ट गरिएको जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button