राष्ट्रियसमाचारस्थानीय

पटका पड्काउने क्रममा १६ वर्षीय किशोर घाइते, अवस्था मध्यम

बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका–६ घुसुकपुर टेंढामा पटका पड्काउने क्रममा एक किशोर घाइते भएका छन्।

मिति २०८३ साल कात्तिक २२ गते राति करिब १०:३० बजे आफ्नै घरको आँगनमा पटका पड्काउने क्रममा १६ वर्षीय अफ्ताब मिया देवान घाइते भएका हुन्। उनी स्थानीय महम्मद समसाद मिया देवानका छोरा हुन्।

पटका पड्काउने क्रममा पड्किएको पटकाबाट किशोरको शरीरका विभिन्न संवेदनशील भागमा जलन भएको प्रहरीले जनाएको छ। घाइते किशोरको हाल वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुर, बाराबाट प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार घाइते किशोरका काका महमद आरिफ देवानको संलग्नतामा उपचार भइरहेको छ। पटका पड्काउँदा सावधानी नअपनाउँदा यस्ता दुर्घटना हुन सक्ने भएकाले बालबालिकालाई पटाकाबाट टाढा राख्न र आतसबाजी नगर्न प्रहरीले आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button