राष्ट्रियसमाचारस्थानीय

प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीद्वारा कलैया प्रादेशिक अस्पतालको अनुगमन

कलैया । बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले कलैया प्रादेशिक अस्पतालको अनुगमन तथा निरीक्षण गरेका छन्।

अस्पतालको सेवा प्रवाह, व्यवस्थापन तथा उपलब्ध स्वास्थ्य सेवाको अवस्थाबारे जानकारी लिने उद्देश्यले प्रमुख जिल्ला अधिकारी अधिकारीले अस्पतालको स्थलगत अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा अस्पतालमा कर्मचारीहरूको स्वीकृत दरबन्दी तथा पदपूर्तिको अवस्था, कर्मचारीको हाजिरी, ड्युटी तालिका (रुटिन), अस्पतालको सरसफाइ, बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनको अवस्था तथा उपलब्ध स्रोतसाधनको उचित प्रयोगलगायतका विषयमा निरीक्षण गरिएको छ।

निरीक्षणका क्रममा अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन आवश्यक सुधारका विषयमा छलफल गर्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले सम्बन्धित पक्षलाई आवश्यक निर्देशनसमेत दिनु भएको छ ।

सर्वसाधारण नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालको व्यवस्थापन चुस्तदुरुस्त राख्नुपर्नेमा जोड दिँदै उनले सेवा प्रवाहमा देखिएका कमी–कमजोरी सुधार गर्न सम्बन्धित कर्मचारी तथा पदाधिकारीलाई निर्देशन दिएका दिनु भयो।

अनुगमनका क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राहुल मण्डल, लेखापाल सुरेन्द्र यादव, सुब्बा केबिन्द्र यादव तथा यूथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेलगायतको उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button