राष्ट्रियसमाचार

बारामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिकै ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

बिहीबार साँझ करिब ५ः३५ बजे हेटौँडा–पथलैया सडकखण्डमा वीरगञ्जबाट धादिङतर्फ जाँदै गरेको ना.६ ख १४५८ नम्बरको कोइला लोड ट्रक र हेटौँडाबाट रौतहटतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७९११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सर्लाहीको बसबरिया गाउँपालिका–३ निवासी २१ वर्षीय निराजन यादव गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल हेटौँडा, मकवानपुर पुर्‍याइएकोमा चिकित्सकले साँझ ६ः३९ बजे ईसीजी परीक्षण गरी मृत घोषणा गरेका थिए।

त्यस्तै, मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँबस्ती निवासी २१ वर्षीय नन्दकिशोर दास घाइते भएका छन्। उनको दुवै हात, दुवै खुट्टा तथा मुखमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनको जिल्ला अस्पताल हेटौँडामा उपचार भइरहेको छ। घटनाको थप अनुसन्धान भइरहेको। जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button