राष्ट्रियसमाचारस्थानीय

बाराको पथलैया स्थित अचेत अवस्थामा फेला परेका पुरुषको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया नजिक जंगलमा अचेत अवस्थामा फेला परेका पुरुषको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, गत मिति २०८३ साल कात्तिक १९ गते बिहान करिब १० बजे पथलैया चोकदेखि करिब एक किलोमिटर उत्तरतर्फ जंगलभित्रको झाडीमा अन्दाजी ४२ वर्षीय एक पुरुष अचेत अवस्थामा फेला परेका थिए।

पहिचान नखुलेका ती पुरुषलाई तत्काल उपचारका लागि प्रहरीले वीरगञ्जस्थित नारायणी न्युरो अस्पताल पठाएको थियो।

अस्पतालमा उपचाररत ती पुरुषको निजगढ नगरपालिका–१३ रतनपुर घर भई हाल मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० बसपार्कमा बस्दै आएकी सरस्वती थिङले आफ्नो श्रीमान् दुधराज थिङ भएको भन्दै पहिचान गरेकी हुन्।

प्रहरीले यसअघि ती पुरुषलाई चिन्नुहुने व्यक्ति तथा आफन्तलाई जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न अनुरोध गर्दै सूचना जारी गरेको थियो। सोही सूचनाका आधारमा परिवारका सदस्यले पहिचान गरेको बारा प्रहरी  जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button