
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया नजिकै जंगलभित्र एक पुरुष व्यक्ति अचेत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार (२०८३ मंसिर १९ गते) बिहान करिब १० बजे पथलैया चोकबाट करिब एक किलोमिटर उत्तरतर्फ जंगलभित्रको झाडीमा अन्दाजी ४२ वर्षीय पुरुष अचेत अवस्थामा रहेको सूचना प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरी उपचारका लागि पर्साको वीरगञ्जस्थित नारायणी न्युरो अस्पताल पठाएको प्रहरीले जनाएको छ।
अचेत अवस्थामा फेला परेका ती पुरुषको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन। उनको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ती पुरुषको वर्ण गहुँगोरो, उचाइ करिब ५ फिट ५ इन्च र कपाल कालो रहेको छ। उनले नीलो रङको जिन्सको हाफ पाइन्ट र खरानी रङको टी–सर्ट लगाएका थिए।
उक्त व्यक्तिलाई चिन्नुहुने आफन्त, परिवारका सदस्य वा अन्य व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
सम्पर्क नम्बर:
प्रहरी कन्ट्रोल : १००
९८५५०४५१०१
९८५५०४८१०१



