राष्ट्रियसमाचार

रुपन्देहीमा महिलाको विभत्स हत्या प्रकरण : चार जना पक्राउ

बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा एक महिलाको विभत्स हत्या गरी कानमा लगाएको सुन लुटपाट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गत कात्तिक १२ गते दिउँसो करिब ११ बजे कोटहीमाई गाउँपालिका–६ र वडा नम्बर ७ को बीचमा रहेको धान खेतमा एक महिलाको शव फेला परेको थियो।

कोटहीमाई गाउँपालिका–५ छोटकी मझगावाँ निवासी ४१ वर्षीया जुबेदा खातुन धोबीलाई टाउकोमा कोदालोको बिँडले प्रहार गर्नुका साथै घाँटीमा हँसियाले घोपी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। हत्यापछि उनको कानमा लगाएको सुनका गरगहना लुटेर लगेको समेत प्रहरीको भनाइ छ।

घटनाको गम्भीरतापूर्वक अनुसन्धान तथा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको  प्रहरी निरीक्षक चन्द्रकिशोर साहले प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button