राष्ट्रियसमाचारस्थानीय

रुखबाट लडेर ६४ वर्षीय ज्ञानबहादुर थिङको मृत्यु

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ औराहामा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–४ औराहा निवासी अन्दाजी ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन्।
प्रहरीका अनुसार बुधबार बिहान करिब ८ः१० बजेको समयमा थिङ आफ्नै गोठघर नजिकै दक्षिणतर्फ रहेको बकाइनोको रुखमा चढेर घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए।

घाइते थिङलाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल लगिएकोमा चिकित्सकले बिहान ८ः४९ बजे मृत घोषणा गरेका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट औराहाबाट प्रहरी हवल्दार निरञ्जनप्रसाद कुर्मीको कमान्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
त्यसैगरी, घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको कमान्डमा SOCO सहित पाँच जनाको टोली खटिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button