राष्ट्रियसमाचारसूचना-प्रविधि
घटनास्थल अधिकृत पुनर्ताजगी तालिमको ५४औँ समूह सम्पन्न

काठमाडौं । नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा सञ्चालित ‘घटनास्थल अधिकृत पुनर्ताजगी तालिम’ को ५४औँ समूहको तालिम सम्पन्न भएको छ।
विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक (प्र.ब.उ.) भुवनेश्वर तिवारीको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमबीच तालिम समापन गरिएको हो।
घटनास्थलमा खटिने प्रहरी अधिकृतहरूको अनुसन्धानसम्बन्धी ज्ञान, सीप तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले अपराध अनुसन्धानलाई थप प्रभावकारी, वैज्ञानिक र प्रमाणमुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तालिम समापन कार्यक्रममा प्रधानाचार्य तिवारीले घटनास्थलको सूक्ष्म अवलोकन, प्रमाणको सुरक्षित संकलन तथा संरक्षण र अनुसन्धानमा व्यावसायिक दक्षताको महत्त्वमाथि जोड दिनुभएको थियो।



