राष्ट्रियसमाचार

प्रादेशिक अस्पताल कलैयाद्वारा दैनिक सेवा प्रवाहको विवरण सार्वजनिक: एक दिनमा ३७७ जनाले लिए बहिरङ्ग (OPD) सेवा

कलैया, बारा  ​मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गतको प्रादेशिक अस्पताल कलैया, बाराले आफ्नो एक दिनको (मिति २०८३।०७।१२ बिहिबार) दैनिक सेवा प्रवाहको विवरण सार्वजनिक गरेको छ। अस्पताल प्रशासनद्वारा जारी गरिएको उक्त विवरण अनुसार अस्पतालले विभिन्न विभागमार्फत बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गरेको छ।

​बहिरङ्ग सेवा (OPD Service) को विवरण:

​अस्पतालको बहिरङ्ग सेवा (ओ.पि.डी.) अन्तर्गत विभिन्न विभागहरूमा कुल ३७७ जना बिरामीले सेवा लिएका छन्:

  • ​हाड जोर्नी तथा नसा रोग विभाग: ५८ जना
  • ​बाल रोग विशेषज्ञ विभाग: २१ जना
  • ​स्त्री रोग विशेषज्ञ विभाग: ३३ जना
  • ​सामान्य चिकित्सा विभाग: ६६ जना
  • ​सामान्य चिकित्सा विभाग (बीमा): ८८ जना
  • ​सामान्य शल्यक्रिया विभाग: ३६ जना
  • ​दन्त विभाग: ९ जना
  • ​नेत्र विज्ञान विभाग: ६ जना
  • .​आक्सिमिक सेवा: ६० जना

​अन्य स्वास्थ्य तथा प्रयोगशाला सेवाहरू:

​अस्पतालले ल्याब र अन्य महत्वपूर्ण चिकित्सकीय सेवातर्फ पनि उल्लेख्य बिरामीहरूलाई सेवा प्रवाह गरेको छ:

  • ​ल्याब सेवा: १५१ जना
  • ​एक्सरे सेवा: ९७ जना
  • ​भिडियो एक्सरे सेवा: ५८ जना
  • ​इजीजी सेवा: २८ जना
  • ​हेमोडायलोसिस सेवा: १४ जना
  • ​प्रसूति सेवा: १२ जना
  • ​ART सेवा: ५ जना
  • ​सामाजिक सेवा इकाई र जेष्ठ नागरिक सेवा: ४ जना
  • ​ब्लड बैंक CROSS MATCH: ७ जना
  • ​इन्डोस्कोपी सेवा: १ जना

​अपरेशन तथा अतरङ्ग (Indoor) सेवा:

  • ​हाडजोर्नी अपरेशन: २ वटा
  • जनरल सर्जरी अपरेशन: २ वटा
  • ​प्रसूति सर्जरी: ०
  • ​अतरङ्ग सेवा अन्तर्गत: ५ जना बिरामी डिस्चार्ज भएका छन् भने २ जना बिरामी भर्ना भएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button