राष्ट्रियसमाचार

रौतहटको बिर्ता चोकमा १४७ एम्पुल लागूऔषधसहित १७ वर्षीय किशोर पक्राउ

प्रेमचन्द्र झा

रौतहट । रौतहटको गरुडा नगरपालिका–८ बिर्ता चोकबाट प्रहरीले १४७ एम्पुल लागूऔषधसहित एक किशोरलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा प्रहरी चौकी बिर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले २०८३ असोज ३० गते दिउँसो करिब ४ बजे नियमित चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो।

प्रहरीका अनुसार गौरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.४ ख ४७०४ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्दा तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कार्की डाँडा निवासी प्रदीपबहादुर कामीका अन्दाजी १७ वर्षीय छोरा नवीन विकको झोलाबाट लागूऔषध बरामद गरिएको हो। किशोरको झोलामा कालो प्लास्टिकभित्र लुकाएर राखिएको अवस्थामा प्रेमेथाेजिन ४९ एम्पुल, सेरेजाक ४९ एम्पुल र नाेरफिन ४९ एम्पुल गरी जम्मा १४७ एम्पुल लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित किशोरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेकाले लागूऔषधको स्रोत, ओसारपसारको उद्देश्य तथा खुल्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button