राष्ट्रियसमाचारस्थानीय

प्रहरी दिवसको अवसरमा उज्यालो न्यूज डटकमका प्रधान सम्पादक धिरेन्द्र तिवारीसहित बाराका दुई पत्रकार कदरपत्रसहित भए सम्मानित

बारा । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा उज्यालो न्यूज डटकमका प्रधान सम्पादक एवम् नेपाल पत्रकार महासंघ बारा जिल्ला कार्यसमिति सदस्य धिरेन्द्र तिवारीसहित बाराका दुई जना सञ्चारकर्मी कदरपत्रसहित सम्मानित भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराले शुक्रबार कलैयामा आयोजना गरेको अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान कार्यक्रममा पत्रकार तिवारी र साझेदारी राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक श्यामबाबु प्रसाद यादवलाई कदरपत्र प्रदान गर्दै सम्मान गरिएको हो ।

अपराध रोकथाम तथा नियन्त्रण, समाजमा शान्ति सुरक्षा कायम गर्न तथा जनचेतना अभिवृद्धिमा पत्रकारिताको माध्यमबाट महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनीहरूलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ  कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी र जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले संयुक्त रूपमा सञ्चारकर्मीहरूलाई कदरपत्र प्रदान गरेका थिए ।

बारामा रहेर सक्रिय रूपमा पत्रकारिता गर्दै आएका तिवारी नेपाल पत्रकार महासंघ बारा जिल्ला कार्यसमिति सदस्यसमेत हुन् । उनले उज्यालो न्यूज डटकममार्फत स्थानीय समस्या, जनसरोकारका विषय, विकास निर्माण, सुशासन तथा शान्ति सुरक्षासम्बन्धी विषयलाई समाचारका माध्यमबाट उजागर गर्दै आएका छन् । त्यसैगरी, साझेदारी राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक यादवले पनि पत्रकारिताका माध्यमबाट अपराध नियन्त्रण, शान्ति सुरक्षा र सामाजिक सचेतना अभिवृद्धिमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान प्राप्त गरेका हुन् ।

कार्यक्रममा प्रहरी उपरीक्षक कुँवरले नेपाल प्रहरी र सञ्चारकर्मीबीचको सम्बन्ध, समन्वय र सहकार्यलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए । उनले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकलाई सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा समेत सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरेका थिए। नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमले प्रहरी र सञ्चारमाध्यमबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै समाजमा शान्ति सुरक्षा कायम गर्न सञ्चारकर्मीले पुर्‍याउँदै आएको योगदानको सम्मान गरेको छ।

प्रहरी र सञ्चारमाध्यमबीचको प्रभावकारी सहकार्यले अपराध नियन्त्रण, सामाजिक विकृति न्यूनीकरण, जनचेतना अभिवृद्धि तथा नागरिकमा सुरक्षाको अनुभूति बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button