राष्ट्रियसमाचारस्थानीय

बारामा करेन्ट लागेर ४५ वर्षीया महिलाको मृत्यु

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४ बेहरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१४ बेहरी निवासी रामचन्द्र महतोकी श्रीमती अन्दाजी ४५ वर्षीया सिरिया देवी महतो रहेकी छन्।

प्रहरीका अनुसार, मिति २०८३ असोज २४ गते दिउँसो करिब १ः५० बजे सिरिया देवी आफ्नै घरको पछाडिपट्टि सरसफाइ गर्ने क्रममा अचानक नाङ्गो विद्युतीय तारको सम्पर्कमा आउँदा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उनका श्रीमान् रामचन्द्र महतोले उपचारका लागि सिमरास्थित सिटी स्टार अस्पताल पुर्‍याएका थिए। अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा दिउँसो करिब २ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको कमाण्डमा SOCO सहितको मुचुल्का टोली घटनास्थलमा खटिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव सिटी स्टार अस्पतालमै रहेको बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button