
कलैया, बारा। मधेश प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय, बाराका कार्यालय प्रमुख ओम कुमार साह ले सरकारको निर्णय र निर्देशनको तत्काल कार्यान्वयन गर्दै चुस्त प्रशासकीय कुशलता प्रदर्शन गर्नुभएको छ।
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले असोज २० गते “सरसफाइ सप्ताह सञ्चालन मार्गदर्शन, २०८३” बमोजिम देशैभरका सरकारी निकायहरूमा असोज २२ देखि २८ गतेसम्म सरसफाइ कार्यक्रम सञ्चालन गर्न र जिम्मेवार ‘फोकल पर्सन’ तोक्न परिपत्र गरेको थियो।
उक्त केन्द्रको निर्देशन प्राप्त हुनासाथ कार्यालय प्रमुख ओम कुमार साह ले कुनै ढिलाइ नगरी असोज २३ गते नै निर्णय गरी कार्यालयको सरसफाइ अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन सब-ईञ्जिनियर अम्रेश यादवलाई जिम्मेवारी (फोकल पर्सन) तोकनु भएको छ।
कार्यालय प्रमुख साहको यस द्रुत निर्णय र तदारुकताका कारण पूर्वाधार विकास कार्यालय, बारामा सरसफाइ कार्यक्रम समयमै र प्रभावकारी ढङ्गले अगाडि बढेको छ। केन्द्रीय नीतिको अक्षरशः पालना गराउँदै कार्यालय परिसरलाई स्वच्छ, व्यवस्थित र जवाफदेही बनाउन साहले देखाउनुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गरिएको छ।
त्यसतै कार्यालय प्रमुख साहको नेतृत्वमा भौौतिक पुर्वाधार विकास कार्यालयमा शुक्रबार कार्यालय परिषरमा सरसफाइ गर्दै । विभिन्न जातिका फोलका बोट लगाईएको छ।


साहको यो सक्रियताले सरकारी निकायहरूमा निर्देशनको ढिलासुस्ती नगरी तत्काल कार्यान्वयन गर्ने सकारात्मक सन्देश प्रवाह गरेको छ।


