राष्ट्रियसमाचारस्थानीय

धानखेतमा ५५ वर्षीय सफि आलम मृत फेला

प्रेमचन्द्र झा

रौतहट – रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मिपुरस्थित धानखेतमा एक ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब ३ः१० बजेको समयमा स्थानीय अतिउल्लाको धानखेतमा सोही स्थान निवासी नाजिर मियाँका छोरा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला परेका हुन्।

आलम धानखेतमा मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी चौकी बरियारपुरबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) संजय झाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा SOCO सहित ६ जनाको टोली समेत घटनास्थल पुगेको प्रहरीले जनाएको छ। प्रहरीले मृतक आलमको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ।

मृत्युको कारण भने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्ट तथा अनुसन्धानबाट मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button