राष्ट्रियसमाचारस्थानीय

पोखरीमा नुहाउने क्रममा दुई बालिकाको डुबेर मृत्यु

बारा –  जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा बाराको देवताल गाउँपालिकामा दुई बालिकाको डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार (२०८३ असोज १७ गते) साँझ करिब ५ः३५ बजे देवताल गाउँपालिका–६ जबकास्थित राजेन्द्र कुर्मीको माछा पोखरीमा महिला तथा बालबालिकाहरू जितिया पर्वका अवसरमा नुहाइरहेका थिए। सोही क्रममा दुई बालिका बेपत्ता भएको खबर प्रहरीलाई प्राप्त भएको थियो।

खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बेनौली, बाराबाट प्रहरी सहायक निरीक्षक धर्मेन्द्र कुमार कुर्मीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। आफन्त तथा स्थानीयवासीको सहयोगमा खोजी गर्ने क्रममा साँझ करिब ५ः५० बजे पोखरीको उत्तरतर्फको किनाराबाट करिब २० फिट दक्षिणतर्फ पानीमा दुवै बालिका डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा देवताल गाउँपालिका–६ रौवाही बस्ने भोला पटेलका  १४ वर्षीया छोरी निशा पटेल र सोही स्थानका राजेश पटेलको १४ वर्षीया छोरी चाँदनी पटेल रहेका छन्।
घटनास्थललाई सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खटिवडाको कमाण्डमा SOCO सहितको मुचुल्का टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ। शबलाई पोष्टमाईटमको लागि प्रादेशिक अस्पताल कलैया बारामा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button