राष्ट्रियसमाचारस्थानीय

सिम्रौनगढमा दुई थान कटुवा पेस्तोल र पाँच राउण्ड गोलीसहित एक जना पक्राउ

कलैया – बाराको सिम्रौनगढ नगरपालिकाबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र पाँच राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८३ असोज १२ गते सिम्रौनगढ नगरपालिका–४ स्थित सलेमपुरमा रहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट गोलागञ्ज, बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा हतियारसहित एक जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार हरिहरपुरबाट अमृतगञ्ज–खजानीतर्फ पैदल जाँदै गरेका सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्ज निवासी करिब ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहालाई चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा कुशवाहाको साथबाट सानो कटुवा पेस्तोल एक थान, ठूलो कटुवा पेस्तोल एक थान र गोली पाँच राउण्ड फेला परेको प्रहरीले जनाएको छ।

हतियार तथा गोली बरामद भएपछि उनलाई नियन्त्रणमा लिएर हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार पक्राउ परेका कुशवाहालाई बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button