राष्ट्रियसमाचारस्थानीय

स्वास्थ्य कार्यक्रमका सूचकमा उल्लेखनीय प्रगति गरेको भन्दै बागमती सेवा समाज नेपालले पाए प्रशंसापत्र

बारा — स्वास्थ्य क्षेत्रमा सञ्चालन गरिएका विभिन्न कार्यक्रमका सूचकमा उल्लेखनीय प्रगति हासिल गर्न योगदान पुर्‍याएको भन्दै श्री बागमती सेवा समाज नेपाल, सर्लाहीलाई जिल्ला स्वास्थ्य कार्यालय, बाराले प्रशंसापत्र प्रदान गरेको छ।
मधेस प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय तथा जिल्ला स्वास्थ्य कार्यालय, कलैया, बाराले संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा बारा जिल्लामा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्र प्रदान गरेको प्रमाणपत्रमा उल्लेख छ।

प्रशंसापत्रमा भनिएको छ, “यस बारा जिल्लाको आ.व. २०८२/०८३ मा स्वास्थ्य कार्यक्रमहरूका विभिन्न सूचकहरूमा उल्लेखनीय प्रगति हासिल गर्न यहाँले पुर्‍याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै कदर स्वरूप यो प्रशंसापत्र प्रदान गरिएको छ।

स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन, लक्षित समुदायसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार तथा स्वास्थ्यसम्बन्धी विभिन्न सूचकमा सुधार ल्याउन संस्थाले पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको जनाइएको छ।

प्रशंसापत्रमा स्वास्थ्य कार्यालय बाराका कार्यालय प्रमुख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेस प्रदेशका नीति तथा जनस्वास्थ्य महाशाखा प्रमुख, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी तथा जिल्ला समन्वय समिति बाराका अध्यक्ष नरेन्द्र कुमार साहको हस्ताक्षर रहेको छ।
प्रशंसापत्रमा संस्थाको आगामी दिनको प्रगति तथा उज्ज्वल भविष्यको कामना समेत गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button