राष्ट्रियशिक्षासमाचार

निवर्तमान मन्त्री महम्मद समिरद्वारा पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्ने नाजिरिन प्रविणलाई प्रशंसापत्र प्रदान

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ (ख) का मधेस प्रदेश सभा सदस्य तथा मधेस प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री महम्मद समिरले पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि छनोट भएकी नाजिरिन प्रविणलाई प्रशंसापत्र प्रदान गर्नुभएको छ।

कलैया उपमहानगरपालिका–१०, मटिअर्वा निवासी मोहम्मद साबिर ठकुराईको सुपुत्री नाजिरिन प्रविणले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको चिकित्सा शिक्षा आयोगअन्तर्गत मुस्लिम कोटाबाट पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि छनोट हुनुभएको हो।
नाजिरिनको यो उपलब्धिलाई बारा जिल्लाकै लागि गौरव र प्रेरणाको विषयका रूपमा लिँदै निवर्तमान मन्त्री समिरले उहाँको उज्ज्वल भविष्यको कामना गर्दै प्रशंसापत्र प्रदान गर्नुभएको हो।

चिकित्सा शिक्षाजस्तो प्रतिस्पर्धात्मक क्षेत्रमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गर्नु नाजिरिनको मेहनत, लगनशीलता र शैक्षिक सफलताको परिणाम हो। उहाँको यस उपलब्धिले कलैया उपमहानगरपालिका–१० मटिअर्वासहित बारा जिल्लाका विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न थप प्रेरणा मिल्ने विश्वास गरिएको छ। प्रशंसापत्रमा नाजिरिनले प्राप्त गरेको सफलताले बारा निर्वाचन क्षेत्र नम्बर ३ (ख) लगायत समग्र नगरवासी तथा जिल्लावासीको शिर उँचो बनाएको उल्लेख गर्दै उहाँको उज्ज्वल भविष्यको कामना गरिएको छ।

नाजिरिनको सफलताले आर्थिक तथा सामाजिक रूपमा विभिन्न चुनौती सामना गरिरहेका विद्यार्थीहरूलाई पनि मेहनत र लगनशीलताका साथ अघि बढेमा उच्च शैक्षिक लक्ष्य हासिल गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ। पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि छनोट भएकी नाजिरिनलाई प्रशंसापत्र प्रदान गरिएकोमा यसले  स्थानीय स्तरमा शैक्षिक उपलब्धिको सम्मान तथा प्रतिभा प्रोत्साहनका रूपमा हेरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button