
बारा । ब्राह्मण समाज नेपाल, जिल्ला शाखा बाराले २०८३ सालको बडादसैँ तथा नवरात्रअन्तर्गत मनाइने विभिन्न धार्मिक पर्व तथा अनुष्ठानको तिथि र बर्ष सहितको पर्वतालिका सार्वजनिक गरेको छ।
समाजका अध्यक्ष अनिलकुमार पाण्डेयद्वारा जारी प्रेस विज्ञप्तिमा आचार्य, ज्योतिषी तथा शास्त्रज्ञ पण्डितहरूसँगको छलफल तथा शास्त्रीय निर्णयका आधारमा यस वर्षको दसैँका विभिन्न धार्मिक कार्यको तिथि निर्धारण गरिएको उल्लेख छ।
विज्ञप्तिअनुसार २०८३ सालको दसैँका प्रमुख तिथि तथा बारहरू यसप्रकार छन् :
घटस्थापना : २०८३ साल असोज २५ गते, आइतबार
बिल्वाभ्यङ्ग निमन्त्रणा : असोज ३० गते, बुधबार
फूलपाती तथा नवपत्रिका प्रवेश : असोज ३१ गते, शुक्रबार
महाअष्टमी निर्वाण/पूजा : २०८३ साल कात्तिक १ गते, आइतबार महानवमी कन्या पूजन तथा हवन : कात्तिक २ गते, सोमबार परेको छ । विजयादशमी टीका ग्रहण : कात्तिक ३ गते, मंगलबार परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
ब्राह्मण समाज नेपाल बाराले आचार्य, ज्योतिषी तथा शास्त्रीय पण्डितहरूले गरेको निर्णयअनुसार नै उक्त तिथि निर्धारण गरिएको जनाएको छ। समाजले धार्मिक तथा सांस्कृतिक परम्परालाई व्यवस्थित रूपमा पालना गर्न सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ।
समाजका अनुसार दसैँका अवसरमा गरिने पूजा, पाठ, हवन, कन्या पूजन तथा टीका–जमरा ग्रहणलगायतका धार्मिक कार्यमा शास्त्रीय विधि र परम्पराको पालना गरिनुपर्नेमा जोड दिइएको छ।



