राष्ट्रियसमाचारस्थानीय

संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सबै एकजुट हुनुपर्छ : मन्त्री समीर

बारा । राष्ट्रिय संविधान दिवस २०८३ को अवसरमा नेकपा (एमाले) पार्टी कार्यालय, बारामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय महमद समीरसहित एमालेका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा दीप प्रज्वलन गर्दै मन्त्री समीरले नेपालको संविधानले सुनिश्चित गरेका लोकतान्त्रिक मूल्य, मान्यता र अधिकारको संरक्षण गर्दै मुलुकलाई विकास र समृद्धिको दिशामा अघि बढाउन सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।

मन्त्री समीरले संविधान दिवस केवल औपचारिक रूपमा मनाउने दिन मात्र नभई संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै लोकतान्त्रिक व्यवस्था, राष्ट्रिय एकता र जनताको अधिकारलाई थप सुदृढ बनाउने संकल्प गर्ने अवसर भएको बताउनुभयो।

उहाँले संविधानको प्रभावकारी कार्यान्वयनसँगै मुलुकमा राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धिको वातावरण निर्माण गर्न सबैको सकारात्मक भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो। देशको विकासका लागि राजनीतिक दल, नागरिक समाज र आम नागरिकबीच सहकार्य र एकताको आवश्यकता रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा सहभागीहरूले संविधानको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, राष्ट्रिय एकता तथा आर्थिक समृद्धिका लागि प्रतिबद्ध भएर अघि बढ्ने धारणा व्यक्त गरेका थिए।दीप प्रज्वलन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागीहरूले संविधान दिवसले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार र समृद्धिको यात्रामा अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button