राष्ट्रियसमाचारस्थानीय

जितपुरसिमराबाट १६ किलो ५८० ग्राम गाँजासहित अटो चालक पक्राउ

बारा । प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ गढीमाई मन्दिरस्थित सडकखण्डबाट १६ किलो ५८० ग्राम लागुऔषध गाँजासहित एक जना अटो चालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ करिब ५ बजे पर्साको पटेर्वा सुगौलीबाट जितपुरतर्फ आउँदै गरेको ना.२ ह ३९९९ नम्बरको निलो अटोलाई रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा अटोको सिटमुनि रातो र सेतो रङको बोराभित्र लुकाइछिपाइ ल्याइएको अवस्थामा १६ किलो ५८० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
गाँजा बरामद भएपछि प्रहरीले अटो चालक पर्सा, पटेर्वा सुगौली निवासी २५ वर्षीय रामनाथ पासवानलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ परेका पासवान तथा बरामद गाँजा र अटोलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button