प्रदेश खबरराष्ट्रियसमाचार

संविधान दिवस भव्य रूपमा मनाउन मधेश प्रदेश सरकारको आह्वान: असोज २ र ३ गते विविध कार्यक्रम गरिने

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी असोज २ र ३ गते विविध रचनात्मक कार्यक्रमको आयोजना गरी प्रदेशभर भव्य रूपमा संविधान दिवस मनाउने निर्णय गरेको छ।

​मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यवाहक मुख्यमन्त्री एवम् भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समीरको अध्यक्षतामा बसेको विशेष बैठकले दिवसलाई उल्लासमय वातावरणमा सम्पन्न गर्न दुई दिने कार्यक्रम तय गरेको हो।

बैठकले पारित गरेका मुख्य कार्यक्रमहरू यस प्रकार छन्:

  • असोज २ गते: दिवसको पूर्वसन्ध्यामा नगर सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ भने साँझ मधेस प्रदेशका मुख्य क्षेत्रहरूमा दीप प्रज्ज्वलन गरिनेछ।
  • असोज ३ गते: संविधान दिवसको मुख्य दिन मधेस प्रदेशभरका सम्पूर्ण सरकारी कार्यालय, सङ्घ-संस्था तथा निकायका परिसरभित्र राष्ट्रिय झण्डा फहराइने र (झण्डात्तोलन गरिनेछ) साथै, दिउँसो विभिन्न विशेष औपचारिक कार्यक्रमहरूको आयोजना गरिनेछ भने साँझ दीप प्रज्ज्वलन गरी दीपावली मनाइनेछ।ई बैठक लाई सम्बोधन गर्दै कार्यवाहक मुख्यमन्त्री समीरले संविधान दिवसलाई औपचारिकतामा मात्र सीमित नराखी जनस्तरसम्म दीप प्रज्ज्वलन र सरसफाइजस्ता कार्यमार्फत भव्य रूपमा मनाउन आग्रह गर्नुभयो। उहाँले मधेस प्रदेशका सम्पूर्ण कार्यालय, सङ्घ-संस्था, नागरिक समाज तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि अपिलसमेत गर्नुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button