प्रदेश खबरराष्ट्रियसमाचार

मिथिला नगरपालिकाको ढल्केवरमा नव निर्मित ‘लियो होटल’ आए सञ्चालनमा

धनुषा । धनुषाको मिथिला नगरपालिका–ढल्केवरमा नव निर्मित ‘लियो होटल’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। होटलको उद्घाटन समारोहमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री, मन्त्री, प्रदेश सांसद, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, उद्योगी–व्यवसायी, अगुवा, बुद्धिजीवी, युवा तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


होटल सञ्चालक तथा मधेस प्रदेशका प्रदेश सांसद माननीय हरिनारायण महतोको अध्यक्षतामा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि मधेस प्रदेशका पूर्वमुख्यमन्त्री माननीय सरोज यादव रहेका थिए। कार्यक्रममा मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय महमद समीर विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।


त्यस्तै, कार्यक्रममा शिक्षा मन्त्री, यातायात मन्त्री, ऊर्जा मन्त्रीलगायत विभिन्न दलका राजनीतिक नेतृत्व तथा जनप्रतिनिधि, नेता–कार्यकर्ता, स्थानीय अगुवा, बुद्धिजीवी, युवा तथा पत्रकारहरूको समेत सहभागिता रहेको थियो।
समारोहमा प्रमुख अतिथि पूर्वमुख्यमन्त्री यादवले होटलको पहिलो तलामा रिबन काटेर उद्घाटन गरेका थिए भने दोस्रो तलाको उद्घाटन रिमोटमार्फत गरिएको थियो। उद्घाटनपछि प्रमुख अतिथि यादवले होटलको संरचना तथा उपलब्ध सेवाबारे जानकारी लिँदै व्यवसायिक सफलताको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि कार्यवाहक मुख्यमन्त्री एवम भौतिक पुर्वधार विकास मन्त्री महमम्द समिरले ढल्केवर क्षेत्रमा नयाँ होटल सञ्चालनमा आएसँगै प्रदेश र स्थानीयस्तरमा आतिथ्य सेवा विस्तार हुनुका साथै पर्यटन तथा व्यापारिक गतिविधिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

होटल सञ्चालक सांसद महतोले स्थानीय आवश्यकता र ग्राहकको सुविधालाई ध्यानमा राखेर होटल सञ्चालनमा ल्याइएको बताउँदै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

ढल्केवर मधेस प्रदेशको महत्वपूर्ण व्यापारिक तथा यातायात केन्द्रका रूपमा विकास हुँदै गएको अवस्थामा नयाँ होटल सञ्चालनमा आउनुलाई स्थानीय व्यवसायिक क्षेत्रका लागि समेत महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button